ललितपुरको एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ ; सन लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पनि हिरासतमा

ललितपुरको एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ ; सन लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पनि हिरासतमा

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सेवाग्राहीलाई सास्ती दिएको आरोपमा १५ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ,स्विप अप्रेसनु टोलीले सोमबार ललितपुर महानगरपालिका–१३ स्थित यातायात कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई अनावश्यक हैरानी दिने, सास्ती पुर्‍याउने र काममा अवरोध सिर्जना गर्ने गरेको जनगुनासो र सूचनाका आधारमा प्रहरीले यो कारबाही चलाएको जनाएको छ।

यसैबीच, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई पनि पक्राउ गरेको छ।

धितोपत्र सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि अर्याललाई सोमबार नै नियन्त्रणमा लिइएको सीआईबीले पुष्टि गरेको छ। उनीमाथि धितोपत्र बजारमा गरिने आर्थिक कारोबार र नियमन विपरितका कार्यहरूमा संलग्न रहेको आशंका गरिएको छ। प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ।

प्रतिक्रिया