खाडाचक्र र भैरवीमा बालक्लब तथा आमा समूहका गतिविधि तीव्र

खाडाचक्र र भैरवीमा बालक्लब तथा आमा समूहका गतिविधि तीव्र

दैलेख -  कालिकोटको खाडाचक्र र दैलेखको भैरवीमा बालक्लब तथा आमा समूहका कार्यक्रम गरिएका छन् । कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. ३ मा नगरपालिका समन्वय, एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा उक्त कार्यक्रम गरिएको छन् । सोही अन्तर्गत प्रगतिशील बालक्लबको बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मर्यादित महिनावारी स्वच्छता, हिंसा न्यूनीकरणमा बालक्लबको भूमिका, साथै राम्रो र नराम्रो छुवाइ सम्बन्धी विषयमा छलफल गरिएको थियो । सहभागीहरूलाई बाल हेल्पलाइन १०९८ सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो।

यसैबीच, भैरवी गाउँपालिकाका विभिन्न वडाहरूमा आमा समूह तथा युवा क्लबमार्फत सचेतनामूलक तथा आयआर्जनसम्बन्धी गतिविधिहरू सञ्चालन भएका छन्। वडा नं. १ मा गठित बाज्थाला महिला समूहको बैठक बसी विभिन्न सामाजिक विषयमा छलफल गर्दै बीउ वितरण गरिएको छ। वडा नं. ६ मा जनचेतना स्वास्थ्य आमा समूह र वडा नं. ७ मा सगरमाथा स्वास्थ्य आमा समूहमा पनि बैठक बसी लैङ्गिक हिंसा तथा मर्यादित महिनावारी सम्बन्धी छलफलका साथै बीउ वितरण गरिएको छ।

वडा नं. ३ मा गठित सिमलचाखा आमा समूहको बैठकमा महिलाको हकअधिकार, गर्भधारणपछिका पहिलो हजार दिनको महत्व, पोषणयुक्त आहार, सुरक्षित पिउने पानी तथा बालविवाहका असरबारे जानकारी तथा छलफल गरिएको थियो ।

त्यस्तै, वडा नं. ३ मै गठित देउती युवा क्लबकी सदस्य गीता खनालले आयआर्जन कार्यक्रमअन्तर्गत सञ्चालन गरेको बाख्रा पालनको अनुगमन गरिएको छ।

वडा नं. ४ मा गठित पञ्चकोशी आमा समूहको अध्यक्ष मन्जु देवी शाहीको अध्यक्षतामा बसेको बैठकमा बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी, पोषण तथा सरसफाइका विषयमा छलफल गरिएको थियो। साथै, कार्यक्रममा बाल हेल्पलाइन १०९८, नमस्ते टोलफ्री नम्बर १६६०८९४२००१ र एनसेल नम्बर ९८०१५७४८८८ सम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैठकमा आयआर्जन समूहको रकम असुली तथा ऋण लगानीका विषयमा समेत छलफल गरिएको जनाइएको छ।

प्रतिक्रिया