खेलकुद दिवसको अवसरमा सोसेक नेपालको शुभकामना : खेलकुदबाटै समृद्ध समाज सम्भव

खेलकुद दिवसको अवसरमा सोसेक नेपालको शुभकामना : खेलकुदबाटै समृद्ध समाज सम्भव


दैलेख - सोसेक नेपालले ‘अन्तर्राष्ट्रिय शान्ति र विकासका लागि खेलकुद दिवस’ को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै समृद्ध समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताएको छ।

सोमबार प्रेस नोट जारी गर्दै संस्थाले हरेक वर्ष अप्रिल ६ मा मनाइने यस अन्तर्राष्ट्रिय दिवसले खेलकुदका माध्यमबाट शान्ति, सहिष्णुता र एकता कायम गर्ने कुरामा जोड दिएको हो। खेलकुद केवल शारीरिक विकासमा मात्र सीमित नभई यसले दिगो विकास र सामाजिक सद्भावका लागि समेत महत्वपूर्ण सन्देश दिने सोसेक नेपालको ठहर छ।

जारी प्रेस नोटमा भनिएको छ, ूखेलकुदले समाजमा सकारात्मक ऊर्जा, अनुशासन, नेतृत्व विकास र सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दछ। यसले विशेषगरी बालबालिका तथा युवाहरूलाई सही मार्गतर्फ प्रेरित गर्दै समावेशी र शान्तिपूर्ण समाज निर्माणमा ठूलो सहयोग पुर्‍याउँछ।

सोसेक नेपालले खेलकुदलाई मानिसको दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएको छ। स्वस्थ र सक्षम जनशक्तिबाट मात्रै समृद्ध समाजको परिकल्पना पूरा हुने भन्दै संस्थाले खेलकुदका गतिविधिमा सबैको सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ।

बालबालिका र युवाहरूको अधिकार तथा क्षमता विकासका क्षेत्रमा क्रियाशील सोसेक नेपालले खेलकुदलाई अनुशासन र समृद्धिको आधार स्तम्भ मान्दै आएको छ। आजको यस विशेष दिनले समाजमा मेलमिलाप र विकासको नयाँ लहर ल्याउने विश्वास संस्थाले व्यक्त गरेको छ।

प्रतिक्रिया