पोखरामा गुडिरहेको बसमा आगलागी
काठमाडौँ - कास्कीको पोखरामा गुडिरहेको बसमा आगलागी भएको छ ।
मंगलबार बागलुङको पन्चकोटबाट फर्किँदै गरेको बस पोखरा २२ ठुलिबिडीमा आइपुग्दा एक्कासी आगलागी भएको हो । मानवीय क्षति भने भएको छैन।
तार सर्ट भएर आगो लागेको कास्की प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँदैछ ।
प्रतिक्रिया