प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ  -  प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग संयुक्त छलफल सुरु गरेका छन्  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सो बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ । 

उक्त बैठकमा नेपाल सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, योजना तथा कार्यक्रम र बजेटका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका लागि आवश्यक पर्ने मुख्य सुझावहरूका बारेमा पनि छलफल हुनेछ । 

प्रतिक्रिया