विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा सोसेक नेपालको शुभकामना

विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा सोसेक नेपालको शुभकामना

दैलेख - सोसेक नेपाल विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । प्रत्येक वर्ष अप्रिल २६ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । आइतबार  एक प्रेसनोट जारी गर्दै सोसेक नेपाल सम्पूर्ण समुदाय, साझेदार संस्था, सरकारी तथा गैर–सरकारी निकाय, स्थानीय तह, कर्मचारी तथा स्वयंसेवकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ । 


कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा नवप्रवर्तन, सिर्जनशीलता र ज्ञानमा आधारित समाज निर्माणका लागि बौद्धिक सम्पत्तिको संरक्षण अत्यन्त महत्वपूर्ण छ। यस दिवसले सर्जक, अनुसन्धानकर्ता, उद्यमी तथा समुदायलाई आफ्ना सिर्जनाहरूको सम्मान र अधिकार सुनिश्चित गर्न प्रेरित गर्दछ, उक्त प्रेसनोटमा जारी गरीएको छ ।


साथै “सिर्जना र नवप्रवर्तनको सम्मान, समृद्ध भविष्यको आधार” भन्ने सन्देशसहित—आउनुहोस्, बौद्धिक सम्पत्तिको संरक्षण गर्दै सिर्जनशील समाज निर्माणमा हातेमालो गरौँ । सोसेक नेपाल दिगो विकास, स्थानीय सीप र ज्ञानको प्रवद्र्धन तथा नवप्रवर्तनको संरक्षणमार्फत समावेशी र समृद्ध समाज निर्माणमा प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया