औलोमुक्त समाज निर्माणका लागि सोसेक नेपालको प्रतिबद्धता

औलोमुक्त समाज निर्माणका लागि सोसेक नेपालको प्रतिबद्धता

दैलेख - विश्व औलो दिवसको अवसरमा सोसेक नेपालले एक प्रेस नोट जारी गर्दै औलो जस्तो घातक रोगको नियन्त्रण र उन्मूलनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएको छ। संस्थाले शनिबार प्रेस नोट मार्फत यस घातक रोगविरुद्ध सचेतना जगाउन र रोकथामका उपायहरू अपनाउन सबैमा आग्रह गरेको हो।

सोसेक नेपालले समुदायस्तरमा स्वास्थ्य सचेतना, सरसफाइ र सुरक्षित जीवनशैली प्रवर्द्धन गर्दै औलोमुक्त समाज निर्माणमा आफ्नो संस्थागत प्रतिबद्धता व्यक्त गरेको छ। दिवसको सन्देशमा समयमै स्वास्थ्य परीक्षण र उपचारमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

“औलो विरुद्धको अभियान—हामी सबैको सहभागिता र जिम्मेवारी” भन्ने नारालाई आत्मसाथ गर्दै संस्थाले स्वच्छ वातावरण कायम राख्न, नियमित रूपमा झुलको प्रयोग गर्न र स्वास्थ्य जाँचमा हेलचेक्र्याइँ नगर्न नागरिकहरूलाई अपिल गरेको छ। शनिबार जारी गरिएको उक्त सन्देशमार्फत सोसेक नेपालले औलोमुक्त नेपाल निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्दै सबैको स्वास्थ्य, सुरक्षा र समृद्धिको कामना समेत गरेको छ।

प्रतिक्रिया