प्रजनन स्वास्थ्य सम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर सञ्चालन
ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा आजदेखि गतेदेखि प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ । एईआइएन लक्जेम्बर्गको साभेदारी ठाटीकाँध गाउँपालिकाको आयोजना सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको समन्वय / सहजीकरणमा संचालन भएको हो । शिविरको पहिलो दिन गैरागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रदान गरिएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा क्रमशः शिविर सञ्चालन गरिने तालिका तय गरिएको छ। वैशाख २३ गते माझखर्क सामुदायिक स्वास्थ्य इकाई, वैशाख २४ गते विशाला स्वास्थ्य चौकी, वैशाख २५ गते प्याडुली आधारभूत स्वास्थ्य सेवा केन्द्र र वैशाख २६ गते अङ्गलडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुने जनाइएको छ।
सम्बन्धित निकायले प्रजनन स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय बासिन्दाहरूले निःशुल्क जाँच तथा परामर्श सेवा प्राप्त गर्नेछन्।
यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई लाभ लिन तथा आफ्नो समुदायमा समेत जानकारी प्रवाह गर्न सबैमा अनुरोध गरिएको छ।
प्रतिक्रिया