सरकारले गर्यो निजामति कर्मचारी र स्वास्थ्यका १२ ट्रेड युनियन खारेज
काठमाडौं - सरकारले निजामति कर्मचारी र स्वास्थ्यका गरी १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र चार वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
विभागमा दर्ता भई क्रियाशिल सबै राष्ट्रियस्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रियस्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नम्बर ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा को पञ्जिकाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको विभागका प्रवक्ता ई। मणिनाथ गोपले जानकारी दिए ।
खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन रहेका छन् । यसैगरी खारेज हुनेहरूमा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन रहेका छन् ।
दर्ता खारेज भएका निजामती कर्मचारीसम्बन्धी युनियनहरूः
१. नेपाल निजामती कर्मचारी संगठन
२. नेपाल निजामती कर्मचारी युनियन
३. नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन
४. नेपाल मधेशी निजामती कर्मचारी मञ्च
५. एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल
६. स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल
स्वास्थ्यकर्मीसम्बन्धी युनियनहरूः
१. नेपाल स्वास्थ्यकर्मी संघ
२. मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल
३. नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०)
४. स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१)
५. राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नं. ३६४)
६. राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ५५२)
प्रतिक्रिया