कर्णाली प्रदेशमा आज चट्याङ्सहित वर्षा र हिमपातको सम्भावना : सतर्कता अपनाउन आग्रह
दैलेख - नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसको प्रत्यक्ष असर कर्णाली प्रदेशको मौसममा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहनेछ। यसै क्रममा आज दिउँसो कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङ्सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपात समेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कर्णालीका पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने देखिन्छ। सतर्कताको लागि अनुरोधस्वर्षा र चट्याङको सम्भावना रहेकाले खुला स्थानमा नबस्न, विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन र विशेष गरी हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र अघि बढ्न सर्वसाधारणमा अनुरोध गरिएको छ। खेतीपातीको काममा रहेका किसानहरूलाई पनि भित्र्याउने बेला भएको बालीको सुरक्षामा ध्यान दिन सुझाव दिइएको
प्रतिक्रिया