विश्व वातावरण दिवस : सोसेकद्वारा हरित विकास र जलवायु न्यायमा जोड
काठमाडौँ - आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । विश्व वातावरण दिवस २०२६ को अवसरमा सोसेक नेपालले सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ।
संस्थाले स्वच्छ, हरित र दिगो वातावरण मानव जीवन तथा पृथ्वीको अस्तित्वका लागि अपरिहार्य रहेको उल्लेख गर्दै वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको जनाएको छ। जलवायु परिवर्तन, वन विनाश र प्रदूषणजस्ता चुनौती सामना गर्न वातावरणमैत्री व्यवहार, प्राकृतिक स्रोतको दिगो उपयोग तथा भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माणमा योगदान गर्न सबैलाई आह्वान गरिएको छ।
“हरित वातावरण, सुरक्षित भविष्य” भन्ने नारासहित वातावरण संरक्षण, जलवायु न्याय र दिगो विकासका लागि सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता थप सुदृढ हुने विश्वास सोसेकले व्यक्त गरेको छ।

प्रतिक्रिया