कर्णालीमा आज मौसम सामान्यतया सफा, एक हप्ताभित्र मनसुन भित्रिने सम्भावना

कर्णालीमा आज मौसम सामान्यतया सफा, एक हप्ताभित्र मनसुन भित्रिने सम्भावना

दैलेख - कर्णाली प्रदेशमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। माैसमविद पुर्जा लामिछानेका अनुसार  स्थानीय वायुको सामान्य प्रभाव रहे पनि आज कर्णालीका अधिकांश स्थानमा आकाश खुल्ने र मौसम सफा रहने सम्भावना छ।

यसैबीच, देशभर मनसुन भित्रिने क्रमबारे जानकारी दिँदै मौसमविद्हरूले मनसुन अहिले भारतको केरलासम्म आइपुगेको बताएका छन्। उनीहरूका अनुसार, बङ्गालको खाडी हुँदै आउने मनसुन प्रणाली नेपाल भित्रिन अबको एक हप्ताभित्रको समय लाग्ने सम्भावना रहेको छ।

अहिले नेपालमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै छ। जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहे पनि कर्णालीमा भने आजको मौसम खासै प्रभावित नहुने देखिएको छ। मनसुन सुरु नहुँदासम्म तापक्रम बढ्ने क्रम कायमै रहने भएकाले सावधानी अपनाउन र गर्मीबाट बच्न मौसमविद्ले सुझाव दिएका छन्।

प्रतिक्रिया