दैलेखको भुर्तीमा ट्याक्टर दुर्घटना, चालक घाइते

दैलेखको भुर्तीमा ट्याक्टर दुर्घटना, चालक घाइते

 

दैलेख -  दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

स्थानीय स्रोतका अनुसार भुर्ती क्षेत्रमा भएको दुर्घटनामा चालक घाइते भएका हुन् । घाइते चालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेखमा भर्ना गरिएको छ।

अस्पतालमा चालकको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया