जिल्ला अदालत दैलेखमा करीब ८० प्रतिशत मुद्दा फैसला : सबैभन्दा बढी सरल मार्गका मुद्दा

जिल्ला अदालत दैलेखमा करीब ८० प्रतिशत मुद्दा फैसला : सबैभन्दा बढी सरल मार्गका मुद्दा

दैलेख– दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ असार ३१ गतेसम्म जम्मा ५५४ मुद्दा दर्ता भएका छन् । गत आर्थिका बर्ष फर्छयौट हुन बाकी रहेका १४७ र चालु आर्थिक वर्षमा दर्ता हुन आएका ४०७ थान गरि जम्मा ५५४ मुद्धा अदालतमा दर्ता भएका थिए ।   अदालतले यस अवधिमा ७९.७९ प्रतिशत मुद्दा फर्छयौट गरेको छ भने ११२ थान मुद्दा अझै बाँकी रहेका  अदालतका श्रेस्तेदार उपसचिव वीरेन्द्रबहादुर मल्लले बिहिबार पत्रकार सम्मेलनमा  जानकारी दिएका दिए । बार्षीक लक्ष्य  अनुसार ६५ प्रतिशत रहेकोमा अनुमानित बार्षिक लक्ष्य अनुसारको १२२ प्रतिशत फछ्यौट भएको छ । 
उनका अनुसार सबैभन्दा बढी दर्ता हुने मुद्दा सरल मार्गका मुद्दा रहेका छन । जसको संख्या ३७८ रहेको छ ।  फर्छयौट मुद्दा ३६७ रहेको छ, जसमा अघिल्लो आर्थिक बर्षमा बाट ८८ र नयाँ दर्ताबाट ३७८ गरी जम्मा ३६७ मुद्दा फर्छयौट भएका छन् । यो बर्ष फर्छयौट हुन बाँकी रहेका सरल मार्ग,सामान्य मार्ग र बिशेष मार्गगरी ११२ मुद्दा मध्ये ६ महिनाभित्र १०१, ६–१२ महिनाभित्र ११, मुद्धाहरु रहेका छन् ।  १८ महिना देखि २ बर्ष नाघेका मुद्धाहरु नभएको जानकारी दिए । 


६–१२ महिनाभित्र मध्ये ११ थानमा ७ थान मुद्धा सम्बन्ध बिच्छेद १ बर्षसम्म पर्खनुपर्ने, २ थान परिक्षण प्रतिवेदन आउन बाँकी, १ थान सुर्खेत जिल्ला अदालतबाट म्याद आउन बाँकी रहेका छन । यस्तै १ थान फाँटबारी आउन बाँकी रहेको अवस्था छ । 
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेका अनुसार अदालतले गुणस्तरीय एवं छिटो–छरितो न्याय सम्पादनलाई मुख्य प्राथमिकता दिएको छौं जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताए।जिल्ला न्यायाधीशले सम्बन्ध बिछेद हुनुका मुख्य कारण सामाजिक संजाल र गरिबी रहेको बताउँदै, विदेश रोजगारका कारण पनि सम्बन्ध बिछेद हुने गरेको बताए । उनले यस वर्ष केही मुद्दा फर्छयौट हुन बाँकी रहेको तर अर्को वर्ष सबै मुद्दा सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

कार्यक्रममा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने, बार एशोसियसनका जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ दैलेख जिल्ला अध्यक्ष कमल शर्मा,पूर्व अध्यक्ष यज्ञराज थापा समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया