कृषक समूहका गतिविधिको अनुगमन तथा फलोअप
अछाम – अछामको तुर्माखाँद गाउँपालिका–१, रहफ अछामस्थित शान्ति भैरब कृषक समूहमा आबद्ध कृषक सदस्यहरूसँग विभिन्न कृषि गतिविधिबारे छलफल तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। डीसीय नेपालको साझेदारी तुर्माखाँद गाउँपाकिलाको समन्वय तथा सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजनाको सहजीकरणमा अनुगमन तथा फलोअप गरिएको हो ।
कार्यक्रमका क्रममा कृषक समूहका सदस्यहरूले सञ्चालन गर्दै आएका कृषि क्रियाकलापहरूको अवस्थाबारे जानकारी लिँदै विभिन्न विषयमा छलफल गरिएको थियो । विशेषगरी आँप तथा लिची फलफूलका बिरुवा, गड्यौला मल उत्पादन, मौरीपालन, टमाटर खेती, झोल मल निर्माणलगायतका गतिविधिहरूको अनुगमन तथा फलोअप गरिएको ग्रिन कर्णाली परियोजनामा कार्यरत कृषि प्राबिधिक हिक्मेन्द्र माझीले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा कृषकहरूले अपनाएका कृषि प्रविधि, उत्पादनको अवस्था, देखिएका समस्या तथा आगामी योजनाबारे छलफल गरिएको थियो। कृषक सदस्यहरूले फलफूल खेती, जैविक मल उत्पादन तथा तरकारी खेतीबाट कृषि उत्पादन वृद्धि गर्न सहयोग पुगेको बताएका थिए।
प्रतिक्रिया