श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्चको आदेश

श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ  - सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई उपस्थित गराउन आदेश दिएको हो । 

श्रेष्ठकी श्रीमती सरस्वतीले उनको गैरकानुनी थुनाविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हाल जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ । जिल्ला प्रहरी परिसरमा थुनुवाको चाप रहेकाले मुद्दाको अनुसन्धान तथा अभियोजनमा सहजताका लागि उनलाई बिहीबार साँझ महाराजगञ्जस्थित प्रहरी वृत्तमा सारिएको जिल्ला प्रहरी परिषद्ले जनाएको छ । 

प्रतिक्रिया