बागमती प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै
काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन्। प्रदेशसभाको बैठक आज दिउँसो बस्दैछ ।
बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ ।
प्रतिक्रिया