प्रतिनिधिसभा बैठक बस्दै : भोटेकोशी बाढीमा केन्द्रित

प्रतिनिधिसभा बैठक बस्दै : भोटेकोशी बाढीमा केन्द्रित

काठमाडौं - संघीय संसद‍्अन्तर्गत  प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार अपरान्ह १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख डीपी अर्यालले भोटेकोशी बाढीले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन् । 

’प्रतिनिधि सभाको यो बैठक,मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे,स्याफ्रुबेशी, बेत्रावती,नुवाकोटको त्रिशूली बजार देवीघाटलगायत धादिङ,चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठुलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ ,’विशेष प्रस्तावमा भनिएको छ,’उक्त घटनाबाट घरबार विहिन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया