दैलेखको भैरवीमा देउडा प्रतियोगिता

दैलेखको भैरवीमा देउडा प्रतियोगिता

दैलेख -  भैरवी गाउँपालिकामा सामाजिक कुरीतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले देउडा प्रतियोगिता आयोजना गरिएको छ।

एईआइएन आइएन लक्जेम्बर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा प्रतियोगिता आयोजना गरिएको हो।

भैरवी गाउँपालिका–३ को वडा कार्यालय परिसरमा आयोजित देउडा प्रतियोगितामा बालविवाह, महिला हिंसा, महिनावारी विभेद लगायतका विभिन्न सामाजिक कुरीतिविरुद्ध देउडामार्फत सन्देश प्रस्तुत गरिएको आधार परियोजनाले जनाएको छ।

प्रतियोगितामार्फत स्थानीय समुदायमा सामाजिक कुरीतिका असरबारे सचेतना अभिवृद्धि गर्नुका साथै कुरीति अन्त्यका लागि समुदायको सहभागिता बढाउने प्रयास गरिएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया