माथिल्लो त्रिशूली(३ ‘ए’बाट उद्धार गरिएका सञ्जय शाहले भने- सुरुङभित्र सबै सकुशल छन्

माथिल्लो त्रिशूली(३ ‘ए’बाट उद्धार गरिएका सञ्जय शाहले भने- सुरुङभित्र सबै सकुशल छन्

काठमाडौँ -  माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिसहरू सकुशल रहेको उद्धार गरिएका सञ्जय साहले बताएका छन्। 

केहीबेरअघि मात्रै उद्धार कर्ताले १० दिनपछि साहसहित कविर महर्जनको सकुशल उद्धार गरेका थिए।  उद्धारपछि बाहिर निकालिएका साहले सुरुङभित्र फसेका सबै सकुशल रहेको जानकारी दिएका हुन्। 

सञ्जय शाह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर हुन्।  दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँदैछ। 

प्रतिक्रिया