भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी हो : प्रधानमन्त्री
काठमाडौंँ - प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै भोटेकोशी नदीमा आएको बाढी स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण विश्वका लागि जलवायु परिवर्तनको चेतावनी भएको बताएका छन् ।
भोटेकोशी–त्रिशूली विपद्लाई मानिसहरूले ‘हिमालयन सुनामी’ भनेको उल्लेख गर्दै उनले विश्वका राजनीतिक नेतृत्वलाई प्रश्न गरे— “के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ ?“
तीन वर्षअघि राष्ट्रसङ्घका महासचिवले सगरमाथा क्षेत्रबाटै जलवायु विपत्तिको चेतावनी दिएको प्रसङ्ग स्मरण गराउँदै प्रधानमन्त्री शाहले विश्व नेतृत्वले उक्त चेतावनीलाई समयमै कार्यान्वयनमा नबदल्दा नेपालले अहिले यस्तो दुःखद् परिणाम भोग्नुपरेको बताए । तीव्र गतिमा तात्दै गएको जलवायुले हिमाली पारिस्थितिक प्रणालीलाई जोखिममा पारेको उनको भनाइ थियो ।
प्रतिक्रिया