बाढी र कटान रोक्न स्थायी तटबन्धको माग
काठमाडौँ - प्रतिनिधिसभा सदस्य रबिन महतोले सर्लाहीको लखन्देही नदीबाट हुने बाढी, कटान र डुबानको स्थायी समाधानका लागि बलियो तटबन्ध निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
बैठकमा बोल्दै सांसद महतोले २० वर्ष पुरानो तटबन्ध भत्किँदा छपकहिया, भाडसर, सक्रौल, शिवनगरलगायत गाउँका घर र हजारौँ बिघा खेतीयोग्य जमिन पुनः डुबानमा परेको जानकारी गराए । किसानले दोहोर्याएर लगाएको बाली नष्ट हुनुका साथै सर्वसाधारण घरबारविहीन हुने अवस्था आएकोले हरेक वर्ष राहत र टालटुले मर्मत मात्र नगरी सरकारले दीर्घकालीन र ठोस समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया