एमाले नेता थापाद्वारा सरकारको आलोचना: जनजीवनका पक्षमा काम हुन सकेन
काठमाडौँ - नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले जनताको जनजीवनको पक्षमा कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै उनले विश्वव्यापी रूपमा देखिएका सङ्कट र नेपालका आन्तरिक समस्या समाधान गर्न सरकारको पहलकदमी अत्यन्तै कमजोर रहेको बताए।
सम्बोधनका क्रममा उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामबारे चर्चा गर्दै आफूहरूले भोगेको पराजयलाई स्वीकार गरिएको स्पष्ट पारे। पराजयलाई आत्मसमर्पणको रूपमा नलिई एमालेले यसलाई भावी यात्राका लागि महत्त्वपूर्ण सिकाइका रूपमा ग्रहण गर्ने उनको भनाइ थियो।
यसैगरी, नेता थापाले पर्याप्त आधार र प्रमाणविना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएको भन्दै सरकारको कदमप्रति कडा विरोध जनाए। सरकारले सुशासन र पारदर्शिताका ठूला घोषणा गरे पनि व्यवहारमा सो अनुसार काम हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तोष व्यक्त गरे।
प्रतिक्रिया