१५औँ महाधिवेशन : सीताकुमारी रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा

१५औँ महाधिवेशन : सीताकुमारी रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा

काठमाडौँ - नेपाली कांग्रेसका संस्थापक नेताहरू बी.पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर तथा कृष्णप्रसाद भट्टराईले देखाएको लोकतान्त्रिक बाटो र आदर्शलाई आत्मसात् गर्दै केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (आदिवासी, जनजाति महिलातर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई प्रतिनिधिसभा सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी रानासँग पार्टी संगठन र जनसेवाको लामो अनुभव रहेको छ।

गाउँको भुइँतहबाट सुरु भएको उनको राजनीतिक यात्रा निष्ठा, समर्पण र निरन्तर सङ्घर्षको अनुकरणीय उदाहरण हो। लामो समयदेखि पार्टी सांगठनिक सुदृढीकरण र सामाजिक रूपान्तरणमा सक्रिय रानालाई एक अनुभवी, परिपक्व र जनप्रिय नेतृका रूपमा हेरिन्छ। विशेष गरी सीमान्तकृत, उत्पीडित, जनजाति र महिला वर्गको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएकी उनलाई पार्टीभित्र उपेक्षित समुदायको सच्चा र भरोसायोग्य प्रतिनिधिको रूपमा लिइन्छ।

महाधिवेशनका सन्दर्भमा आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै नेतृ सीताकुमारी रानाले भनिन्

"नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासीरजनजाति महिलातर्फ केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी मुख्य तीनवटा उद्देश्यका लागि हो।

समानुपातिक अधिकार र वास्तविक पहुँचस् पार्टीका निर्णय गर्ने उपल्लो तहमा आदिवासी, जनजाति र सीमान्तकृत महिलाको वास्तविक र अर्थपूर्ण पहुँच पुर्‍याउनु मेरो पहिलो प्राथमिकता हो। समानुपातिक अधिकार पहुँचवालाको हातमा मात्र सीमित नभई तल्लो तहका वास्तविक पीडित र उपेक्षित महिलासम्म पुग्नुपर्छ।

निष्ठावान् कार्यकर्ताको कदर र न्यायपूर्ण व्यवस्थास् लामो समय जनताकै माझमा रहेर काम गरेको र १४औँ महाधिवेशनपछिको कार्यकालमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका रूपमा सेवा गरेको प्रत्यक्ष अनुभव म मान्छु। अब पार्टीभित्र चाकडी र चापलुसी गर्नेले होइन, दिनरात दुःख गरेर संगठन सिञ्चिने सच्चा कार्यकर्ताले अवसर पाउने पारदर्शी र न्यायपूर्ण व्यवस्था बनाउन म प्रतिबद्ध छु ।

 पुस्तान्तरण र रूपान्तरणको पुलस् नयाँ पुस्ता (जेन जी) को नवीन सोच, प्रविधि र ऊर्जालाई नीति निर्माणमा ठाउँ दिँदै ज्येष्ठ नेताहरूको त्याग, निष्ठा र अनुभवको उच्च सम्मान गरिनुपर्छ । म युवाको जोस र पुरानाको अनुभवलाई जोड्ने बलियो पुल बनेर पार्टीलाई एकताबद्ध बनाउने छु ।"

विचार र व्यवहारमा स्पष्ट लोकतान्त्रिक छवि बनाएकी रानाले पार्टीलाई सबै वर्ग, लिङ्ग र समुदायको साझा चौतारी बनाउन निरन्तर योगदान पुर्‍याउँदै आएकी छन्। एकातिर नयाँ पुस्ता अर्थात् जेन जी को सोच र प्रविधिलाई समेटेर संगठनलाई गतिशील बनाउने क्षमता उनमा छ भने, अर्कोतिर पुराना नेताहरूको योगदानको कदर गर्दै अघि बढ्ने परिपक्वता पनि छ ।

समुन्नत नेपाल र सम्मानित नेपाली,बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न तथा नेपाली कांग्रेसलाई थप समावेशी, पारदर्शी र जनमुखी बनाउन आफ्नो अनुभव र नेतृत्व आवश्यक रहेको उनले बताएकी छन् । त्याग, निष्ठा र सङ्घर्षबाट खारिएकी, १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भइसकेकी नेतृ सीताकुमारी रानाले १५औँ महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता तथा शुभेच्छुकहरूबाट अमूल्य मत, आशीर्वाद र सहयोगको अपेक्षा गरेकी छन् ।

प्रतिक्रिया