अपाङ्गता भएका व्यक्तिहरूलाई मोबाइल मर्मत तालिम तथा सामाग्री वितरण
दैलेख - अपाङ्गता स्वावलम्बन समूहका सदस्यहरूलाई ३ महिने मोबाइल मर्मत तालिमका साथै ४० हजार रुपैयाँ बराबरको मर्मत सामग्री प्रदान गरिएको छ। सोसेक नेपालद्वारा सञ्चालित हातेमाले परियोजनाु अन्तर्गत उक्त तालिम र सामग्री सहयोग गरिएको हो। तालिममा भैरवी, दुल्लु र नौमुलेका गरी जम्मा ५ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सोसेक नेपालका कार्यक्रम संयोजक भीम केसीले अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्ने र उनीहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम तथा सामग्री प्रदान गरिएको बताए।
सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन र सहयोग गरेकोमा खुसी व्यक्त गरेका छन्। प्राप्त सामग्रीको सहयोगबाट आफ्नै पसल सञ्चालन गरी स्वरोजगार बन्ने र आर्थिक अवस्थामा सुधार आउने उनीहरूले आशा व्यक्त गरे। उक्त सामग्री आइतबार एक कार्यक्रमका बीच सहभागीहरूलाई हस्तान्तरण गरिएको हो।
प्रतिक्रिया