कांग्रेस १५औँ महाधिवेशन: खुलामञ्चमा बन्दसत्र शुरू, चुनावी प्रक्रिया अघि बढ्यो

कांग्रेस १५औँ महाधिवेशन: खुलामञ्चमा बन्दसत्र शुरू, चुनावी प्रक्रिया अघि बढ्यो

काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत काठमाडौँको खुलामञ्चमा सोमबारदेखि बन्दसत्र सुरु हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छ। आइतबार भव्य रूपमा उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन बन्दसत्र सञ्चालन भइरहेको छ।

बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यसैबीच Party को केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिकाअनुसार असोज १९ गते (सोमबार) बेलुकी ५:०० बजे मतदाता नामावली प्रकाशन गरी ८:३० बजे अन्तिम नामावली टुङ्गो लगाइनेछ।

असोज २० गते बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। दाबीविरोध र छानबिनपछि सोही दिन बेलुका ७:०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

त्यस्तै, असोज २१ गते बिहान ९:०० बजेसम्म उम्मेदवारी फिर्ता लिने र १०:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिनभर प्रचारप्रसारका लागि समय दिइनेछ।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते बिहान ७:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया