विश्व शिक्षक दिवसमा सोसेक नेपालको शुभकामना

विश्व शिक्षक दिवसमा सोसेक नेपालको शुभकामना

दैलेख - विश्व शिक्षक दिवसका अवसरमा सोसेक नेपालले ज्ञान, सीप र जीवनोपयोगी शिक्षा प्रदान गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा समर्पित सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

शिक्षकको मार्गदर्शनले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र जिम्मेवारीको भावना विकास गर्ने उल्लेख गर्दै संस्थाले गुणस्तरीय, समावेशी र बालमैत्री शिक्षामार्फत समानतामूलक समाज निर्माणमा शिक्षकहरूले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेको छ।

यसै अवसरमा सोसेक नेपालले शिक्षकको सम्मान, पेशागत विकास र सुरक्षित शिक्षण वातावरण सुनिश्चित गर्न सबै पक्षलाई सहकार्यका लागि आह्वान गर्दै हरेक बालबालिकाले भेदभावरहित वातावरणमा सिक्न पाउने अधिकार सुनिश्चित गर्न हातेमालो गर्न आग्रह गरेको छ।

साथै, संस्थाद्वारा सञ्चालित सहयोग वा कार्यबारे कुनै गुनासो, जिज्ञासा वा सल्लाह-सुझाव भएमा नमस्ते प्रयोगकर्ताका लागि नि:शुल्क टोल फ्रि नम्बर १६६०८९४२००१ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७४८८८ मा सम्पर्क गर्न सकिने सोसेक नेपालले जनाएको छ।

बिज्ञप्ती:

प्रतिक्रिया