बाढीपहिरो व्यवस्थापनमा सरकार निरन्तर खटिएको छ : प्रधानमन्त्री

बाढीपहिरो व्यवस्थापनमा सरकार निरन्तर खटिएको छ : प्रधानमन्त्री तस्वीर- फाइल

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० यताका बाढीपहिरोलगायतका विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै उनले सरकार उपलब्ध स्रोत-साधन र जनशक्तिको अधिकतम प्रयोग गरी छिटोभन्दा छिटो व्यवस्थापन सक्ने गरी खटिरहेको स्पष्ट पारे ।

भोटेकोशी, त्रिशूली, गण्डकीलगायतका क्षेत्रमा भएको क्षतिको अध्ययनसँगै पूर्वसूचना प्रणाली र हिमपहिरो जोखिम न्यूनीकरणलाई सुदृढ बनाउन सरकार जुटिरहेको प्रधानमन्त्री शाहले जानकारी दिए । सो अवसरमा उनले विपद् व्यवस्थापन र उद्धारमा खटिने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापनसमेत गरे ।

प्रतिक्रिया